३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

नेपाल भित्रियो टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्ट, के-के छन् विशेषता ?



काठमाडौं। नेपालको लागि टिभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेस्ट्रिक स्कुटर टिभीएस आइसक्युबको २.२ किलोवाट आवर भेरियन्ट सार्वजनिक गरेको छ।

यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टीभीएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् । जगदम्बा मोटर्सले एकै पटक १ लाख ३० हजार रुपैयाँले मूल्य घटाएर नयाँ भेरियन्ट आइक्यूब २.२ नेपाली बजारमा ल्याएको हो । २.२ किलोवाट आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।

जगदम्बा मोटर्सका अनुसार नयाँ भेरियन्टमा रहेको २.२ किलोवाट ब्याट्रीलाई २ घन्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ । यसलाई एकपटक फुलचार्ज गरेर ७५ किलोमिटरसम्म गुडाउन मिल्ने कम्पनीको दाबी छ । यसमा रहेको ब्याट्रीमा कम्पनीले २ वर्षको वारेन्टी दिएको छ । यस बीचमा ब्याट्रीमा कुनै खराबी भए एकै दिनमा रिप्लेस गर्ने कम्पनीले जानकारी दिएको छ ।

कूल तौल ११० केजी भएको यो स्कुटरमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले स्कुटरमा ट्युबलेस टायर दिएको छ भने यसमा अधिकतम टर्क १४० न्युटनमिटर पाउन सकिन्छ । वाटर एन्ड डस्टर रेसिस्टेन्समा यसले आईपी ६७ सेटिङ पाएको छ भने पाँच इन्चको कलर टीईएफ स्क्रिन स्कुटरमा राखिएको छ ।

साथै स्कुटरमा ३० लिटरको अन्डर सिट स्टोरेज पनि भएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं