१८ पुस २०८२, शुक्रबार । January 2, 2026

एनपीएलः विराटनगर किंग्सले सार्वजनिक गर्यो जर्सी



काठमाडौं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले जर्सी सार्वजनिक गरेको छ ।

विराटनगर किंग्सका मार्की प्लेयर सन्दीप लामिछानेले मंगलबार जर्सी सार्वजनिक गरेका हुन् । जर्सी सार्वजनिक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एनपीएलमा विराटनगर किंग्सले सफलता पाउने बताए । मुख्यमन्त्री कार्कीले खेलाडीको मनोबल बढाउन प्रदेश सरकारले खेलाडीको उच्च सम्मान गर्दै खेलकुदको विकास गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सन्दीपले खेलप्रति दर्शकको माया र साथले ट्रफी जितेर ल्याउने अठोट व्यक्त गरे । कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सबैको सफलताले टोली अगाडि बढ्ने उनको भनाइ थियो ।

टोलीको जर्सी अनावरण कार्यक्रममा विराटनगर किंग्सका खेलाडीहरू लोकेश चन्द, दीपक बोहोरा, सुवास भण्डारी, विनोद गुरुङ, प्रतिश जिसीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य