५ मंसिर २०८१, बुधबार । November 20, 2024

५१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसुचक नेप्से ५१ दशमलव ११ अंक घटेको हो ।

आज नेप्से ५१ दशमलव ११ अंकले घटेर २ हजार ७ सय २ विन्दुमा पुगेको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो । २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् ।

उत्पादन १ दशमलव ४८, अन्य १ दशमलव ५८, विकास बैंक २ दशमलव २९, होटल तथा पर्यटन ३ दशमलव १७, हाइड्रोपावर ३ दशमलव ०७ तथा माइक्रोफाइनान्स समूह १ दशमलव ५३ प्रतिशत घटे । त्यस्तै बैंकिङ १ दशमलव ११, निर्जीवन बीमा १ दशमलव ६९, जीवन बीमा १ दशमलव ९४ तथा फाइनान्स समूह २ दशमलव ३१ प्रतिशत घटेको छ ।

आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नारायणी विकास बैंकको ७ दशमलव २७, गुराँस लघुवित्तको ५ दशमलव ८४, युनिक नेपाल लघुवित्तको ५ दशमलव ३७, पोखरा फाइनान्सको ४ दशमलव ०४ प्रतिशत मूल्य बढ्यो । ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ९ दशमलव २५ प्रतिशत घट्यो ।

समृद्धि फाइनान्सको ८ दशमलव ५५, जानाकी फाइनान्सको ८ दशमलव २०, धौलागिरि लघुवित्तको ७ दशमलव ९४, मोलुङ हाइड्रोपावरको ६ दशमलव ८५ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्वकप छनोटः मार्टिनेजको गोलमा अर्जेन्टिना विजयी

एजेन्सी । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत बुधबार बिहान भएको

आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने, आजै चुनाव चिह्न प्रदान गरिने

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचन

फेरी बढ्यो अमेरिकी डलरको भाउ, युरो र स्टर्लिङ पाउण्डको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी

आजको मौसमः पश्चिमी वायुको प्रभाव कायमै, देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका

एनपीएलः विराटनगर किंग्सले सार्वजनिक गर्यो जर्सी

काठमाडौं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर