१० बैशाख २०८३, बिहिबार । April 23, 2026

५१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा पनि गिरावट


४ मंसिर २०८१, मंगलबार  

24
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसुचक नेप्से ५१ दशमलव ११ अंक घटेको हो ।

आज नेप्से ५१ दशमलव ११ अंकले घटेर २ हजार ७ सय २ विन्दुमा पुगेको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो । २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् ।

उत्पादन १ दशमलव ४८, अन्य १ दशमलव ५८, विकास बैंक २ दशमलव २९, होटल तथा पर्यटन ३ दशमलव १७, हाइड्रोपावर ३ दशमलव ०७ तथा माइक्रोफाइनान्स समूह १ दशमलव ५३ प्रतिशत घटे । त्यस्तै बैंकिङ १ दशमलव ११, निर्जीवन बीमा १ दशमलव ६९, जीवन बीमा १ दशमलव ९४ तथा फाइनान्स समूह २ दशमलव ३१ प्रतिशत घटेको छ ।

आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नारायणी विकास बैंकको ७ दशमलव २७, गुराँस लघुवित्तको ५ दशमलव ८४, युनिक नेपाल लघुवित्तको ५ दशमलव ३७, पोखरा फाइनान्सको ४ दशमलव ०४ प्रतिशत मूल्य बढ्यो । ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ९ दशमलव २५ प्रतिशत घट्यो ।

समृद्धि फाइनान्सको ८ दशमलव ५५, जानाकी फाइनान्सको ८ दशमलव २०, धौलागिरि लघुवित्तको ७ दशमलव ९४, मोलुङ हाइड्रोपावरको ६ दशमलव ८५ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म