९ कार्तिक २०८३, सोमबार । October 26, 2026

आइतबार सामान्य अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार


२ मंसिर २०८१, आइतबार  

24
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ ।

५ अंकले बजार बढ्दा कारोबार रकम भने उल्लेख्य देखिएको छ । आइतबार कुल २ करोड ४४ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र माथिल्लो हेवाखोला जलविद्युत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

आइतबार १४५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ९२ कम्पनीका लगानीकर्ताले भने मूल्य घटेका कारण गुमाएका छन् । आइतबार ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आइतबार होटल तथा पर्यटनका कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखियो । यो उपसमूहको सूचक २।२१ प्रतिशतले बढेको छ ।

त्यसैगरी लघुवित्त उपसमूहको सूचकमा पनि १।२८ प्रतिशतको वृद्धि देखियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा