१ चैत्र २०८१, शनिबार । March 15, 2025

सिटी एक्सप्रेस सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा सम्मानित



काठमाडौं । सिटी एक्सप्रेस रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणका आधारमा विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरूको घोषणा गर्दै उनीहरूलाई सम्मान गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई सम्मानपत्र प्रदान गरे ।

सिटी एक्सप्रेसको यो उत्कृष्ट करदाताको रूपमा पहिलो सम्मान हो । सम्मानित भएपछि कम्पनीले सरकारबाट प्राप्त मान्यतालाई गौरवको रूपमा लिएको छ । सिटी एक्सप्रेस जापानले एक प्रेस नोट जारी गर्दै सम्मानले कम्पनीको जिम्मेवारीलाई अझ बलियो बनाएको उल्लेख गरेको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि जापान, कोरिया, साउदी, कतार, कुवेत, मलेसिया, अस्ट्रेलिया, लगायतका देशबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १० : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं