३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

एनपीएलः इंग्ल्याण्डका क्रिकेटर बोपारा चितवन राइनोजमा अनुबन्ध



काठमाडौं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवन राइनोजले इंग्ल्याण्डका रवि बोपारालाई अनुबन्ध गरेको छ ।

इंग्ल्याण्डबाट १ सय ७१ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेका उनले तीन वटै (टेस्ट, एक दिवसीय र टी–२०) फर्म्याटमा उत्कृष्ट प्रर्दशन गरेका छन् । ३९ बर्षि क्रिकेटर बोपाराले २००२ मा फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । त्यसपछि उनले यु १९ विश्वकपमा इंग्ल्याण्डबाट खेलेका थिए । उनी सन् २०१६ मा इंग्ल्याण्डको टिमको कप्तान पनि भएका थिए ।

पछिल्लो समय राष्ट्रिय टिमबाट विदा भए पनि उनले फ्रेन्चाइज क्रिकेट भने खेल्दै आएका छन् । टी–२० लिगहरूमा ४७८ खेलबाट ९ हजार ४८६ रन र २९१ विकेट लिएका छन् । उनीसँग इन्डियन प्रिमियर लिग आइपीएल, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग खेलेको पनि अनुभव छ ।

चितवन राइनोजपछि बोपाराले नेपालमा क्रिकेटप्रतिको क्रेज र समर्थनबारे जानकार रहेको बताउँदै नेपालमा आएर खेल्नका लागि उत्साहित रहेको बताएका छन् ।

त्यसैगरी चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले बोपाराको उपस्थितिले टिम सन्तुलित हुनुका साथै ड्रेसिङरुममा पनि उत्कृष्ट हुने बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा १ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ

एनपीएलः इंग्ल्याण्डका क्रिकेटर बोपारा चितवन राइनोजमा अनुबन्ध

काठमाडौं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर

दार्चुला जीप दुर्घटना अपडेटः मृतकको संख्या ८ पुुग्यो

दार्चुला । दार्चुलामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु

कति छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

विश्वकप छनोटः विश्व च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग पराजित

एजेन्सी । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत शुक्रबार बिहान भएको