४ असार २०८३, बिहिबार । June 18, 2026

यूएईलाई फराकिलो अन्तरले हराउँदै नेपाल यू-१९ महिला टी–२० विश्वकपमा छनोट


२८ कार्तिक २०८१, बुधबार  

3k
Shares

काठमाडौं । आईसीसी यू-१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट भएको छ ।

आज भएको खेलमा घरेलु टोली यूएईलाई पराजित गर्दै नेपालले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो ।

नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १७, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् । यसअघि जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा