१ चैत्र २०८१, शनिबार । March 15, 2025

यू–१९ महिला विश्वकप छनोटः नेपालले पायो ८४ रनको सामान्य लक्ष्य



काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा ८४ रनको लक्ष्य पाएको छ ।

दुबईस्थित द सेभेन स्टेडियममा नेपालले यूएईलाई ८३ रनमा रोकेको छ । यूएईले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ८३ रन बनायो । समाइरा धरनीधरकाले सर्वाधिक ३१ रन बनाएको इनिङ्सलाई कम योगफलमा समेट्ने क्रममा क्रिश्मा गुरुङले १७ रन खर्चेर ४ तथा रिया शर्माले १२ रन खर्चेर २ विकेट लिइन् ।

जवाफमा नेपाल मैदानमा उत्रेको छ । प्रतियोगितामा यूएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । आजको खेल विश्वकपमा छनोट हुने टिमको निर्णय लिनेछ ।

नेपाल यस खेलमा फराकिलो अन्तरले जित्नैपर्ने अवस्थामा रहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा