१ चैत्र २०८१, शनिबार । March 15, 2025

पहिलो अभ्यास खेलमा नेपालको यू-१९ टोली कर्नाटकसँग पराजित



काठमाडौं । यू-१९ नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको कर्नाटक यू-१९ टोलीसँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

पाँच खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल १ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय १४ रनको लक्ष्य कर्नाटकले ३२औं ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्‍यो । कर्नाटकका लागि रोहित आरभीले सर्वाधिक ३३ रन बनाए । प्रज्वल गोवदाले २८ र रिसव अपाचुले १९ रन बनाए ।

बलिङमा नेपालका हेमन्त धामी र सन्तोष यादवले ३-३ विकेट लिए । यस्तै युनिस ठकुरीले २ तथा विपिन महतोले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल २७ दशमलव २ ओभरमा ओभरमा १ सय १३ रनमा अलआउट भयो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा