२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

१४ अंकले घट्यो नेप्से, ७ अर्ब ९१ करोडको कारोबार


२८ कार्तिक २०८१, बुधबार  

33
Shares

काठमाडौं । साताको चौँथो कारोबारको दिन बुधवार शेयर बजार लगातार दोस्रो दिन घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १२ अङ्कले घटेर दुई हजार सात सय ३४ दशमलव ८३ विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत् र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन सप्तकोशी विकास बैंक, शृजनशील लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय आठ वटा कम्पनीका एक करोड ५३ लाख कित्ता शेयर सात अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ