३ चैत्र २०८१, सोमबार । March 17, 2025

यू-१९ महिला विश्वकप छनोटः युएई र नेपाल भिड्दै, जित्नैपर्ने दबाबमा नेपाल



काठमाडौं । जारी आईसीसी यू-१९ महिला टी- २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज युएईको सामना गर्दैछ ।

दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल दिउँसो ३ः१५ बजेदेखि शुरु हुँदैछ । प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शीर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । आज हुने यस खेलले विश्वकपमा छनौट हुने टिमको निर्णय लिने छ ।

नेपाल यस खेलमा जित्नैपर्ने अवस्थामा रहेको छ । २ अंकले पछि रहेको नेपालले युएईलाई राम्रो रनरेटमा पराजित गरेर शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।

डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी २० विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति