२ कार्तिक २०८३, सोमबार । October 19, 2026

कप्तान पूजाको उत्कृष्ट प्रदर्शनमा कुवेतमाथि नेपालको शानदार जित


२७ कार्तिक २०८१, मंगलबार  

2.6k
Shares

काठमाडौं । आइसिसी यू १९ महिला विश्वकप एसिया छनोट २०२४ अन्तर्गत आज भएको खेलमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ ।

कप्तान पूजा महतोको आक्रामक ब्याटिङ र बलिङको सहायतामा नेपालले कुवेतमाथि १ सय ६५ रनको फराकिलो जित निकालेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा मात्र दुई विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कुवेत ४८ रन बनाउँदै अलआउट भयो।

योसँगै यो प्रतियोगितामा नेपालको चौथो जित हो। पूजा महतो एक्लैले आज पाँच विकेट लिइन्। पूजाले एकै ओभरमा चार विकेटसमेत लिएकी छन्। अब विश्वकपमा जानका लागि नेपालले भोलि यूएईसँग अन्तिम खेल खेल्दैछ। भोलि यूएईसँग राम्रो रनरेटमा जित निकाल्न सकेन नेपाल विश्वकपमा जानेछ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि