३१ आश्विन २०८३, शनिबार । October 18, 2026

बंगलादेशविरुद्धको एकदिवसीय सिरिज अफगानिस्तानको कब्जामा


२७ कार्तिक २०८१, मंगलबार  

189
Shares

एजेन्सी । बंगलादेशविरुद्धको एकदिवसीय सिरिजमा अफगानिस्तानले कब्जा जमाएको छ ।

गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सिरिज २-१ ले जितेको हो । बंगलादेशले दिएको २ सय ४५ रनको लक्ष्य पछाएको अफगानिस्तानले रहमनुल्लाह गुरबाजको १ सय १ तथा अजमतुल्लाह ओमरजाइको ७० रनको मद्दतले ४८ दशमलव २ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २ सय ४४ रन बनाएको थियो । योसँगै अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज २-१ ले जितेको छ ।

सिरिजमा पहिलो खेल अफगानिस्तानले जितेको थियो भने दोस्रो खेल बंगलादेशले जितेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि