२४ माघ २०८२, शुक्रबार । February 6, 2026

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर २ हजार ७ सय ६० दशमलव २१ विन्दुमा पुगेको छ ।

आज ३०२ कम्पनीका दुई करोड ४५ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। नेप्सेका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको सूचक ओरालो लाग्दा बाँकी उपसमूह बढेका छन्। लघुवित्त सबैभन्दा धेरै ३.२० प्रतिशतले बढ्दा बैंक, लगानी र जीवन बिमा एक प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा घटेका सबै उपसमूह एक प्रतिशत भन्दा कमले घटेका छन्।

आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र सिर्जनशील लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी माछापुच्छ्रे बैंक, नारायणी विकास बैंक र कुथेली बुखारी स्मल हाइड्रोका लागनीकर्ताले पनि झण्डै १० प्रतिशतको आम्दानी गरेका छन्।

बढेको बजारमा इस्टर्न हाइड्रोपावरका लगानीकर्ताको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। समृद्धि फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ३ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल