४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएलः वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा


२६ कार्तिक २०८१, सोमबार  

63
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले पाँचौं विदेशी खेलाडी भित्राएको छ ।

पोखराले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई अनुबन्ध गरेको जनाएको छ । देब्रेहाते ब्याटिङ अलरान्डर ३१ वर्षीय राइफरले वेस्ट इन्डिजबाट ८ टेस्ट, ६ एकदिवसीय अन्तर्राष्ट्रिय र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनले सबैखाले टी–२० का ९३ खेलमा १ सय ८ को स्ट्राइक रेटमा १ हजार १ सय २४ रन बनाउनुका साथै ६६ विकेट लिएका छन् ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा रहेको पोखराले वेस्ट इन्डिजकै एन्डरसन फिलिप, अमेरिकाका एन्ड्रे गाउस, नेदरल्यान्ड्सका बास डी लेड र इंग्ल्यान्डका म्याट क्रिचलीलाई लिइसकेको छ । राइफरलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो भएको विश्वास लिएका छन् ।

टोलीका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेटिएकाले टिम बलियो बनेको र प्रदर्शन पनि उच्च हुने विश्वास लिएको बताए । पोखराले आईपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजीव कुमारलाई मुख्य प्रशिक्षकका रूपमा अनुबन्ध गरिसकेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा