१० बैशाख २०८३, बिहिबार । April 24, 2026

यू-१९ महिला विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित, कुवेत १ सय ८ रनले पराजित


२२ कार्तिक २०८१, बिहिबार  

387
Shares

काठमाडौं । यूएईमा जारी आईसीसी यू १९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।

बिहीबार (आज) भएको खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रन बनाउँदा अलआउट भयो । कुवेतकी जीफा जिलानीले सबैभन्दा धेरै १२ रन बनाइन् । नेपालकी रचना चौधरी र सिमाना केसीले समान २ तथा कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले समान १ विकेट लिए ।

यसअघि यूएईमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो । नेपालकी कप्तान पूजा महतोले ३४, साना प्रविनले २५, ज्योत्सिका मरासिनीले २३ रन बनाइन् । कुवेतकी अयशा एकवालले २ विकेट लिइन् । नेपालले हिजो भएको पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो ।

अब नेपालले आउँदो शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्यान्डसँग, कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  २ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म