७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

विश्वकप लिग-२ः अमेरिकामाथि स्कटल्याण्डको सहज जित



एजेन्सी । अमेरिकामा जारी विश्वकप लिग २ अन्तर्गत गएराति भएको खेलमा स्कटल्याण्डले अमेरिकालाई पराजित गरेको छ ।

जारी त्रिकोणात्मक सिरिजको खेलमा स्कटल्याण्डले अमेरिकालाई ७१ रनले पराजित गरेको हो । स्कटल्याण्डले दिएको ३ सय १८ रनको लक्ष्य पछाएको अमेरिका ४४ ओभरमा अल आउट हुदै २ सय ४६ रन मात्र बनाएको थियो । अमेरिकाका लागि उत्कर्ष श्रीवास्तवाले सर्बाधिक ६७ रन बनाएका थिए भने कप्तान मोनाक पटेलले ५२ रन बनाएका थिए ।

त्यस्तै संजय कृष्णमुर्थीले ४९ रन बनाएका थिए । त्यसैगरी स्कटल्याण्डका बलर ज्याक जार्भिसले सर्बाधिक ४ विकेट लिए भने ब्राड कुरी र मार्क वाटले २/२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउदै ३१७ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि ब्राण्डन म्याकुलनले १५१ रन बनाएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनकै दरमा

प्रधानमन्त्री ओली अस्वस्थ, संसद्को प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण आज

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर