३ आश्विन २०८३, शनिबार । September 19, 2026

साफ महिला च्याम्पियनसिपः फाइनल खेल आज, नेपाल र बंगलादेश भिड्दै


१४ कार्तिक २०८१, बुधबार  

975
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपाल र बंगलादेश भिड्दैछन् ।

खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ।इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ। त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा। नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल खेल्न लागेको हो।

यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्य लिएको छ । नेपालले साफ बाहेक समग्रमा ११ अन्र्तराष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगे पनि एउटा पनि उपाधि जित्न सकेको छैन।

भर्खरै महिला लिग खेलेका र विदेशी लिगमा जमेका खेलाडी सम्मिलित नेपाली टिम उत्कृष्ट फर्ममा छ। सावित्रा भण्डारी साम्बाको तीव्र रनिङ, प्रिती राईको शानदार क्रस, गीता रानाको उत्कृष्ट डिफेन्स अनि रेणुका नगरकोटीको चुस्त मिडफिल्ड चम्किए बंगलादेशलाई हराउन पर्याप्त हुन्छ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली