४ कार्तिक २०८३, बुधबार । October 21, 2026

साफ महिला च्याम्पियनसिपः फाइनल खेल आज, नेपाल र बंगलादेश भिड्दै


१४ कार्तिक २०८१, बुधबार  

975
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपाल र बंगलादेश भिड्दैछन् ।

खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ।इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ। त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा। नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल खेल्न लागेको हो।

यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्य लिएको छ । नेपालले साफ बाहेक समग्रमा ११ अन्र्तराष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगे पनि एउटा पनि उपाधि जित्न सकेको छैन।

भर्खरै महिला लिग खेलेका र विदेशी लिगमा जमेका खेलाडी सम्मिलित नेपाली टिम उत्कृष्ट फर्ममा छ। सावित्रा भण्डारी साम्बाको तीव्र रनिङ, प्रिती राईको शानदार क्रस, गीता रानाको उत्कृष्ट डिफेन्स अनि रेणुका नगरकोटीको चुस्त मिडफिल्ड चम्किए बंगलादेशलाई हराउन पर्याप्त हुन्छ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि