३ चैत्र २०८१, सोमबार । March 17, 2025

एनपीएलः अष्ट्रेलियाका कटिङ लुम्बिनी लायन्समा



काठमाडौं । लुम्बिनी लायन्सले अष्ट्रेलियाका बेन कटिङलाई टोलीमा भित्र्याएको छ ।

मंगलबार बिहान लुम्बिनीले अलराउण्डर कटिङलाई आफ्नो टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । कटिङमा दबाबको बेला पनि खेललाई पल्टाउनु सक्ने क्षमता भएको लुम्बिनीले बताएको छ । विष्फोटक ब्याटिङका तथा तीव्र गतिका बलरका रुपमा कटिङ चर्चित छन् । उनीसँग विभिन्न टी–२० फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।

आईपीएलमा पनि मुम्बई इण्डियन्स, सनराईजर्स हैदराबाद, कोलकता नाई राईडर्सलगायतका टोलीबाट कटिङले खेलिसकेका छन् । उनले अष्ट्रेलियाका लागि ४ एकदिवसीय र ७ टी–२० आई खेलेका छन् । सन् २०११र१२ मा न्यूजिल्याण्डविरुद्धको टेस्ट टोलीमा छनोट हुने मौका पाएपनि उनले खेल्न पाएनन् ।

सोही वर्ष उनले श्रीलंकाविरुद्धको एकदिवसीय र टी–२० सिरिजमा अष्ट्रेलियाका लागि डेब्यू गरेका थिए । लुम्बिनीले मुख्य प्रशिक्षक नन्दन फड्निस रहेका छन् । टोलीमा पूर्व क्रिकेटर शक्ति गौचन कन्सल्टेन्ट प्रशिक्षकको रुपमा आबद्ध छन् ।

टोलीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल टोलीको मार्की खेलाडी हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति