१० बैशाख २०८३, बिहिबार । April 24, 2026

साफ महिला च्याम्पियनसिपः भुटानलाई हराउँदै बंगलादेश फाइनलमा


११ कार्तिक २०८१, आइतबार  

321
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आइतबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई पराजित गर्दै साबिक विजेता बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा भुटानलाई ७–१ ले हराउँदै बंगलादेशले तेस्रोपटक फाइनलमा स्थान बनाएको हो। भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमै ५–१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा भने मात्र दुई गोल गर्न सफल भयो। पहिलो सेमिफाइनलमा तोहुरा खातुनले ह्याट्रिक गरिन्।

कप्तान सविता खातुनले दुई गोल गर्दा रितु पोर्ना चक्मा र सेउली अजिमले समान एक गोल गरेका थिए। सन् २०२२ मा बंगलादेशले दशरथ रंगशालामै भुटानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। उपाधि भिडन्तमा नेपाललाई ३–१ ले हराएको थियो।

त्यसअघि टोलीले सन् २०१६ मा पहिलोपटक फाइलनमा स्थान बनाएको थियो।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म