२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

स्पेनिस ला–लिगाः बार्सिलोनासँग पराजित भयो रियल मड्रिड



एजेन्सी । स्पेनिस ला–लिगामा रियल म्याड्रिडमाथि ४–० को जित निकाल्दै बार्सिलोनाले एल क्लासिकोमा फराकिलो जीत हात पारेको छ।

गएराति भएको खेलमा बार्सिलोनाले रियललाई घरमै स्तब्ध बनाएको हो। जीतपछि हान्सी फ्लिकको टोली स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा रियलभन्दा ६ अंकले अगाडि पुगेको छ। बार्सिलोनाले यस सिजनमा खेलेका ११ खेलमा १० जीत र १ बराबरीको कीर्तिमान बनाएको छ।

बार्सिलोनाको ३० तथा रियलको २४ अंक भएको छ। बार्साका लागि रोबर्ट लेवान्डोस्कीले ३ मिनेटको अन्तरमा २ गोल गर्दै बार्सिलोनालाई जीततर्फ लगेका थिए। लामिन यमाल र राफिन्हाले पनि गोल थप्दै रियललाई निराश पारे।

रियल लगातार ४२ खेलमा अपराजित रहँदै बार्सिलोनाको कीर्तिमानको नजिक पुगेको भए पनि यो हारसँगै अपराजित यात्राको अन्त्य भएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ