१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

सहकारी ठगी प्रकरणः रवि लामिछाने र छविलाल जोशीलाई थप ७ दिन म्याद थप



काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, डा नारायण कडेल, रास्वपा सांसदसमेत रहेकी सोविता गौतम लगायतले बहस गरेका थिए ।

कास्की जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न गतशुक्रबारदेखि लागू हुनेगरी दिएको ६ दिनको म्याद बुधबार सकिएपछि उनलाई बिहीबार अदालत पेश गरिएको हो। उनको बयान नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

अदालतले रविसहित पूर्वडीआइजी छविलाल जोशी र लिला पछाई‌लाई पनि थप ७ दिन म्याद थपको अनुमति दिएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हङकङसँग ७ विकेटले पराजित भयो नेपाल, ग्लोबल छनोट यात्रा कठिन

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको आजको खेलमा

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौं । नेपाल शेयर बजार मङ्गलबार पुनः दोहोरो अंकले घट्दै

महिला टी–२० विश्वकप छनोटः नेपालले हङकङलाई दियो ३० रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डको एआईटी मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप

रोशी खोलाको बाढीले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टा अवरुद्ध

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले