३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

हङकङ सिक्सेस खेल्न सन्दीप जोराको कप्तानीमा सात सदस्यीय नेपाली टोली घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नवौँ हङकङ सिक्सेसका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

क्यानले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । हङकङ क्रिकेट संघको आयोजनामा प्रतियोगिता १६ देखि १८ कात्तिकसम्म हुनेछ । टोलीमा जोरासँगै राष्ट्रिय टोलीबाट खेलिसकेका लोकेश बम, विवेक यादव, प्रतिश जिसी र रासिद खान छन् । यस्तै, नारायण जोशी र दीपेन्द्र रावत पनि छन् ।

नेपालले पहिलो खेल १६ कात्तिकमा इंग्ल्यान्ड तथा १७ कात्तिकमा अस्ट्रेलियासँग सामना गर्नेछ । समूह ‘ए’मा साबिक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ छन् । समूह ‘सी’मा भारत, पाकिस्तान र युएई रहेका छन् ।

श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ मा छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

समाजवादी मोर्चाले काठमाडौंमा १५ गते वृहत् जनसभा आयोजना गर्ने निर्णय

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले आगामी चैत १५

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ