५ असार २०८३, शुक्रबार । June 19, 2026

हङकङ सिक्सेस खेल्न सन्दीप जोराको कप्तानीमा सात सदस्यीय नेपाली टोली घोषणा


७ कार्तिक २०८१, बुधबार  

357
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नवौँ हङकङ सिक्सेसका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

क्यानले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । हङकङ क्रिकेट संघको आयोजनामा प्रतियोगिता १६ देखि १८ कात्तिकसम्म हुनेछ । टोलीमा जोरासँगै राष्ट्रिय टोलीबाट खेलिसकेका लोकेश बम, विवेक यादव, प्रतिश जिसी र रासिद खान छन् । यस्तै, नारायण जोशी र दीपेन्द्र रावत पनि छन् ।

नेपालले पहिलो खेल १६ कात्तिकमा इंग्ल्यान्ड तथा १७ कात्तिकमा अस्ट्रेलियासँग सामना गर्नेछ । समूह ‘ए’मा साबिक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ छन् । समूह ‘सी’मा भारत, पाकिस्तान र युएई रहेका छन् ।

श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ मा छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा