१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

नेपालको स्मार्टफोन बजारमा टेक्नो स्पार्क ३०ः नयाँ प्रविधिको उत्कृष्ट संयोजन



काठमाडौं । टेक्नोले आफ्नो नयाँ स्मार्टफोन स्पार्क ३० नेपाली बजारमा सार्वजनिक गरेको छ ।

जसले मिड–रेन्ज स्मार्टफोन क्षेत्रमा ठुलो परिवर्तन ल्याउने दाबी गरेको छ। कम्पनीका अनुसार यो डिभाइस विशेषगरी युवा पुस्ताका लागि लक्षित गरिएको छ, जसमा मिलेनियल्स, जेन जेड र फोटोग्राफीमा रुचि राख्नेहरू समावेश छन्। स्पार्क ३० को डिजाइन आकर्षक र प्राविधिक विशेषताहरू अत्याधुनिक छन्।

बम्बलबी संस्करण यसको मुख्य विशेषता हो, जसले युवा पुस्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसमा मीडियाटेक हेलियो जी ९१ प्रोसेसर जडान गरिएको छ, जसले यसलाई सहज गेमिङ, मल्टिटास्किङ, र उच्च कार्यसम्पादन गर्न सक्षम बनाउने कम्पनीको दाबी छ । यस डिभाइसको क्यामेरा विशेषताले प्रयोगकर्ताहरूलाई निकै उत्साहित बनाएको छ। ६४ एमपी सोनी क्यामेराको मद्दतले कम प्रकाशमा समेत स्पष्ट र उच्च गुणस्तरका तस्बिर र भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै, १३ एमपी सेल्फी क्यामेरले भिडियो कलहरू र सेल्फी अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ । ५००० एमएएच ब्याट्री क्षमता भएको यसले लामो समयसम्म प्रयोग गर्न मिल्ने क्षमता प्रदान गर्दछ भने १६ जीबी र्याम र २५६ जीबी स्टोरेजले पर्याप्त फाइलहरू सुरक्षित गर्न सहयोग पुर्‍याउँछ।

यसलाई थप विस्तार गर्न माइक्रोएसडी कार्डको प्रयोग पनि गर्न सकिने कम्पनीले जनाएको छ । स्पार्क ३० ले पहिलो पटक बजारमा धेरै नवीन विशेषताहरू ल्याएको छ। यसको मूल्य रु २२ हजार ९९० देखि सुरु हुन्छ, जसमा बम्बलबी संस्करण पनि समावेश छ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको