१७ पुस २०८२, बिहिबार । January 1, 2026

एएफसी च्याम्पियन्स लिगः खेलमा नेइमारको कमब्याक,अल हिलाल विजयी



काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा साउदी क्लब अल हिलालले लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले युएईको क्लब अल ऐनलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा सालेम अल्दावसरीले ह्याट्रिक गरेका थिए भने सेर्गेज मिलिनकोभिक र रेनान लोडीले एक एक गोल गरेका थिए । त्यसैगरी अल ऐनका लागि सोउफिआने रहिमीले ह्याट्रिक गरेका थिए भने माटेओ सनाबरियाले एक गोल गरेका थिए ।

यस खेलमा खेलको ८२औ मिनेटमा अलि अल्बूलायहिले रातो कार्ड पाएपछि अल हिलाल १० खेलाडीमा सिमित भएको थियो । यस खेलमा अल हिलालका नेइमारले एक बर्षपछि कमब्याक गरेका थिए । इन्जुरिका कारण एक बर्षदेखि मैदान बाहिर रहेका नेइमार यस खेलमा सब्स्टिच्युटको रुपमा खेलको ७७औ मिनेटमा मैदानमा प्रवेश गर्दै आफ्नो कमब्याक गरेका हुन् ।

यो जितपछि अल हिलालको ३ खेलमा ९ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ८ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य