३ आश्विन २०८३, शनिबार । September 19, 2026

अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको क्लिन स्विप


५ कार्तिक २०८१, सोमबार  

549
Shares

काठमाडौं । अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालले क्लिन स्विप गरेको छ।

सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो। तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भयो। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो। अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन जोडेको थियो।

घरेलु टोलीका ओपनर साइटेजा मुकामल्लले सर्वाधिक ६८ रन बनाएका थिए। मिलिन्द कुमारले ४३ रनको योगदान गरे। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले समान १–१ विकेट लिए। ​ एकसय ५७ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले ओभरमा लक्ष्य पुरा गर्‍यो।

नेपालका लागि आशिफ शेखले ३८ बल ५० रनको योगदान दिएका थिए । यस्तै ओपनर अनिल शाह १३ रन बनाएर आउट भएका थिए । यस्तै कुशल भुर्तेल र कुशल मल्लले नटआउट रहँदै क्रमशः ४० र ४४ रनको योगदान दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली