४ असार २०८३, बिहिबार । June 18, 2026

नेपालसँग अमेरिका सुपर ओभरमा पराजित, सिरिज एक खेल अगावै नेपालको पोल्टामा


४ कार्तिक २०८१, आइतबार  

1.6k
Shares

काठमाडौं । अमेरिका विरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा नेपाल सुपर ओभरमा विजयी भएको छ ।

अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा पुरा गरेको थियो । त्यसअघि नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । अमेरिकाका आन्द्रेस गौसले सबैभन्दा धेरै ६२ रन बनाए ।

नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए । यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे ।

अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए । यो जीतसँगै नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको छ ।

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा