१० श्रावण २०८३, आइतबार । July 27, 2026

रवि लामिछाने पक्राउ धनराजलाई उन्मुक्ति ? ओली सरकारको अकर्मण्यता



केपी ओलीले नैतिक रूपमा प्रधानमन्त्री पदमा बस्ने हैसियत गुमाएका छन् ।

सरकारवादी मुद्दाको प्रतिवादी बालुवाटारको ललिता निवास जग्गा घोटला काण्डका मुख्य अभियुक्त, धरौटीमा रिहा भएपनि तिनै तहका अदालतमा मुद्दा चलिरहेका मिनबहादुर गुरुङसँग काँध मिलाएर पार्टी कार्यालयको शिलान्यास गर्दा उनले ऐन कानुनको धज्जी नै उडाएका छन् । गुरुङविरुद्ध यता राजश्व छलिमा समेत मुद्दा चलिरहेको छ । भ्रष्टाचारका अनेकौँ काण्डमा मुछिएका विवादीत व्यापारिले दान गरेको जग्गा प्रधानमन्त्रीको हैसियतले पार्टी प्रयोजनका लागि दान लिनुनै गैरकानुनी र विधिको शासनको बर्खिलाप छ भन्नेमा दुई मत छैन् ।

ओलीले एमालेको अध्यक्षको हैसियतमा जग्गा लिएका हुन भने त्यो पनि गलत छ । संसदमा प्रतिनिधित्व गर्ने दल आफै सरकारकौ अंग मानिन्छ । त्यसमा पनि यतिबेला एमाले आफैले सरकारको नेतृत्वग गरिरहेको छ । यस्तोमा ओलीले अब पार्टी अध्यक्ष र प्रधानमन्त्रीको कुर्सिमा बस्ने नैतिक हैसियता गुमाएका छन् । ओली विरुद्ध मुद्दा चल्छ र चल्नुपनि पर्छ । विभिन्न स्वार्थ एवं अभिष्ट पूरा गर्ने उद्देश्यले दिएको जग्गा लिनु ओलीका लागि खुसिकै बिषय थियो होला ।

तर, उनका कारण आज सिंगो पार्टीनै नैतिक रुपमा स्खलित भएको छ । ओलीको यस्तो आडम्बरकै कारण आज एमाले विवादित र कमजोर बन्न पुगेको छ । यतिबेला देशमा भयानक विपत्तिको अवस्था छ । अहिले पार्टी कार्यालय शिलान्यास गर्ने र जग्गा दान लिने अवस्था पनि थिएन् । रवि लामिछाने लाई सहकारी ठगी काण्डमा कारबाहीमा पर्नुपर्छ । तर विधिसम्मत ढङ्गले कारबाही गर्दा सरकारले स्याबासी लिने होइन ।

यो नियमित प्रक्रियाभित्र सम्बन्धित निकायहरूले कारबाही गर्न सक्छन् । तर निकम्मा प्रशासनले यति काम गर्दा सरकारलाई किन धन्यवाद ? ठगीको प्रमाण भएपछि ‌। रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरीलाई प्रमोसन गराउने बहानामा उनको श्रीमतीलाई सपिङ गराएको विलासी सामानका बिलहरू पनि प्रहरीले अनुसन्धानमा ल्याइनुपर्छ‌ । बाहिर चर्का कुरा गर्ने आडम्बर भ्रष्टहरूको चरित्र उजागर गर्न प्रशासन पछि हट्नुहुन्न ।

तर भ्रष्ट र माफियाहरुले बनाएको सरकारले नेपाली कांग्रेसका धनराज गुरुङलाई कारबाहीमा ल्याउनुपर्छ ‌। उनलाई उन्मुक्ति दिने होइन । आर्जु देउवाको कसुर, ओलीको सचिवालयको भ्रष्टाचार पनि छानबिन हुनुपर्छ । गिरिबन्धुको नीतिगत भ्रष्टाचारको फैसलालाई पनि अन्देखा गर्न मिल्दैन । यसलाई कसले छानबिन गर्ने‌ ? अकर्मण अनि असफलताले घेरिएको सरकारले जनताको ध्यानलाई अन्यत्र भ्रम छरेर सत्तामा टिक्न यी नाटकहरू मञ्चन गरिनु स्वभाविकै हो ।

तर संविधान संशोधन र अन्य चटक देखाएर केपी ,शेरबहादुर ,प्रचण्ड राजनीतिको केन्द्रमा टिकिरहने षड्यन्त्रदेखि जनता सावधान हुनुपर्छ । यी खलपात्रहरु राजनीति र सत्ताबाट मुक्तक नभएसम्म देश बन्दैन अबको विकल्प यही हो ।

विधिको शासन भ्रष्टाचारमुक्त प्रशासन ,स्वच्छ स्वतन्त्र, न्यायालय ,जनताप्रति उत्तरदायी सरकारको अनुभूति नभएसम्म यो माफिया सरकारको नाटकमा जनता झुक्किनुहुन्न । लेखक तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझी

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ९ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर