२ कार्तिक २०८३, सोमबार । October 19, 2026

महिला टी–२० विश्वकपः वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा


३ कार्तिक २०८१, शनिबार  

267
Shares

एजेन्सी । जारी आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत गएराति भएको दोस्रो सेमिफाइनल खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।

न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै विश्वकपमा फाइनल यात्रा तय गरेको हो । न्युजिल्याण्डले दिएको १ सय २९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १ सय २० रन मात्र बनाएपछि न्युजिल्याण्ड ८ रनले विजयी भएको थियो । यस अघि पहिला ब्याटिङ गर्दै न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।

न्युजिल्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । २००९ र २०१० को टी–२० विश्वकपमा उपविजेता बनेको न्युजिल्याण्डले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि