३ फाल्गुन २०८१, शनिबार । February 15, 2025

वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज २–१ ले श्रीलंकाको पोल्टामा



एजेन्सी । वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज श्रीलंकाले पोल्टामा परेको छ ।

बिहीबार राति भएको तेस्रो खेलमा ९ विकेटको जित निकालेसँगै श्रीलंकाले २–१ ले सिरिज हात पारेको हो । वेस्ट इन्डिजले दिएको १६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । श्रीलंकाको जितमा कुसल मेन्डिजले अविजित ६८ रन बनाएका थिए भने कुसल परेराले ५५ रन बनाएका थिए ।

त्यस्तै पाथुम निसान्काले ३९ रन बनाएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान रोभमन पावेलले सर्बाधिक ३७ रन बनाए भने गुडाकेश मोतीले ३२ र ब्राण्डन किंगले २३ रन बनाएका थिए ।

सिरिजको पहिलो खेल वेस्ट इन्डिजले ५ विकेटले जितेको थियो भने दोस्रो खेल श्रीलंकाले ७३ रनले जितेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर