३ चैत्र २०८१, सोमबार । March 17, 2025

महिला टी–२० विश्वकपः पहिलो सेमिफाइनल खेल आज, अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै



एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।

पहिलो सेमिफाइनल खेलमा आज सर्वाधिक ६ पटकको विजेता अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन् । साबिक विजेता अस्ट्रेलिया सातौँपटक उपाधि जित्ने लक्ष्यामा छ । यसअघि टोलीले सन् २०१०, २०१२, २०१४, १०१८, २०२० र २०२३ मा उपाधि जितेको थियो । त्यसबाहेक पहिलो संस्करण इंग्ल्यान्ड र पाँचौँ संस्करण वेस्ट इन्डिजले जितेका छन् ।

विश्वकपको हरेक संस्करणमा अस्ट्रेलियाको दबदबा रहँदै आएको छ । उसले ४८ मध्ये ३९ खेल जितेको छ भने आठ खेलमा पराजित भएको छ । एक खेल टाई भएको छ । यता, दक्षिण अफ्रिकाको इतिहास भने खासै गतिलो छैन । टोली सन् २०२३ मा मात्रै फाइनलमा पुगेको छ । निर्णायक खेलमा टोली अस्ट्रेलियासँग १९ रनले चुकेको थियो ।

दक्षिण अफ्रिकाले विश्वकपमा ३७ खेल खेल्दा १७ खेल जितेको छ भने २० खेल गुमाएको छ । यद्यपि, टोली पछिल्लो पाँचमध्ये चार खेलमा जित निकाल्न सफल भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको