४ असार २०८३, बिहिबार । June 19, 2026

महिला टी–२० विश्वकपः पहिलो सेमिफाइनल खेल आज, अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै


१ कार्तिक २०८१, बिहिबार  

519
Shares

एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।

पहिलो सेमिफाइनल खेलमा आज सर्वाधिक ६ पटकको विजेता अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन् । साबिक विजेता अस्ट्रेलिया सातौँपटक उपाधि जित्ने लक्ष्यामा छ । यसअघि टोलीले सन् २०१०, २०१२, २०१४, १०१८, २०२० र २०२३ मा उपाधि जितेको थियो । त्यसबाहेक पहिलो संस्करण इंग्ल्यान्ड र पाँचौँ संस्करण वेस्ट इन्डिजले जितेका छन् ।

विश्वकपको हरेक संस्करणमा अस्ट्रेलियाको दबदबा रहँदै आएको छ । उसले ४८ मध्ये ३९ खेल जितेको छ भने आठ खेलमा पराजित भएको छ । एक खेल टाई भएको छ । यता, दक्षिण अफ्रिकाको इतिहास भने खासै गतिलो छैन । टोली सन् २०२३ मा मात्रै फाइनलमा पुगेको छ । निर्णायक खेलमा टोली अस्ट्रेलियासँग १९ रनले चुकेको थियो ।

दक्षिण अफ्रिकाले विश्वकपमा ३७ खेल खेल्दा १७ खेल जितेको छ भने २० खेल गुमाएको छ । यद्यपि, टोली पछिल्लो पाँचमध्ये चार खेलमा जित निकाल्न सफल भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा