१ श्रावण २०८२, बुधबार । July 16, 2025

यूईएफए नेसन्स लिगः इटाली, फ्रान्स र जर्मनी विजयी



एजेन्सी । रान्डल कोलो मुनिको दुई गोलको मद्दतले फ्रान्सले यूईएफए नेसन्स लिगमा सोमबार बेल्जियममाथि २–१ को रोमाञ्चक जित निकालेको छ ।

बेल्जियमका लागि लेस ओपेन्डाले पहिलो हाफको इन्ज्युरी समयमा एक गोल फर्काए । खेलको अन्तिम १४ मिनेट फ्रान्सले १० खेलाडीमा सीमित रहेर खेलेको थियो । अरेलिन चोमेनी दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे । निर्णायक गोल भने ६२ औं मिनेटमा सम्भव भएको थियो ।

लिग ए ग्रुप टुको अर्को खेलमा इटालीले इजरायललाई सजिलै ४–१ ले पराजित गरेको थियो । यस्तै लिग ए ग्रुप थ्रीको खेलमा हंगेरीले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हरायो । त्यसै समूहको अर्को खेलमा जर्मनी नेदरल्यान्ड्समाथि १–० को जित निकाल्न सफल रह्यो ।

खेलको एक मात्र गोल जेमी लेवेलिङले ६४ औं मिनेटमा गरे ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश