२१ मंसिर २०८२, शनिबार । December 6, 2025

महिला टी–२० विश्वकपः पाकिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा



एजेन्सी । यूएईमा जारी आईसिसी महिला टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानलाई हराउँदै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

गयराति भएको खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजिल्यान्ड आईसीसी महिला टी–२० विश्व कपको सेमिफाइनलमा पुगेको हो। टस जितेर पहिला ब्याटिङ्ग गर्दै न्युजिल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनायो। १ सय ११ रनको लक्ष्यसहित मैदान उत्रेको पाकिस्तान ११ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा ५६ रन मात्रै बनाउन सक्यो। न्यूजिल्यान्डका जितका लागि सूजी ब्याट्सले सर्वाधिक २८ रन जोडिन्।

त्यस्तै ब्रुक ब्यालिडेले २२ रन बनाउँदा जर्जिया प्लिमरले १७ रन बनाइन्। पाकिस्तानका लागि फातिमा सनाले २१ र मुनीबा अलीले १५ बनाइन्।

जितसँगै समूह ‘ए’ बाट अस्ट्रेलिया र न्यूजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् भने भारत, पाकिस्तान र श्रीलङ्का समूह चरणबाटै बाहिरिएका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको