१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

महिला टी–२० विश्वकपः पाकिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा


२९ आश्विन २०८१, मंगलबार  

465
Shares

एजेन्सी । यूएईमा जारी आईसिसी महिला टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानलाई हराउँदै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

गयराति भएको खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजिल्यान्ड आईसीसी महिला टी–२० विश्व कपको सेमिफाइनलमा पुगेको हो। टस जितेर पहिला ब्याटिङ्ग गर्दै न्युजिल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनायो। १ सय ११ रनको लक्ष्यसहित मैदान उत्रेको पाकिस्तान ११ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा ५६ रन मात्रै बनाउन सक्यो। न्यूजिल्यान्डका जितका लागि सूजी ब्याट्सले सर्वाधिक २८ रन जोडिन्।

त्यस्तै ब्रुक ब्यालिडेले २२ रन बनाउँदा जर्जिया प्लिमरले १७ रन बनाइन्। पाकिस्तानका लागि फातिमा सनाले २१ र मुनीबा अलीले १५ बनाइन्।

जितसँगै समूह ‘ए’ बाट अस्ट्रेलिया र न्यूजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् भने भारत, पाकिस्तान र श्रीलङ्का समूह चरणबाटै बाहिरिएका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था