१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा वेस्ट इन्डिज विजयी


२८ आश्विन २०८१, सोमबार  

372
Shares

एजेन्सी । श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा वेस्ट इन्डिजले पाँच विकेटको जित हात पारेको छ ।

घरेलु टोली श्रीलङ्काले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर एक बलमा पाँच विकेट गुमाएर भेट्टायो । वेस्ट इन्डिजको जीतमा ओपनर ब्रान्डन राजाले सर्वाधिक ६३ र इभिन लुईसले ५० रन बनाए । श्रीलङ्काका माथीशा पाथिरानाले दुई विकेट लिए ।

त्यसअघि दम्बुल्लामा टस हारेर पहिला व्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो । उसका कप्तान चारिथ असालान्काले ५९ र कामिन्दु मेन्डिसले ५१ रन बनाए । वेस्ट इन्डिजका रोमारियो शेफर्डले दुई विकेट लिए ।

यो जीतसँगै तीन खेलको टी–२० शृङ्खलामा वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली