२ कार्तिक २०८३, सोमबार । October 19, 2026

महिला टी–२० विश्वकपः अस्ट्रेलिया सेमिफाइनलमा, भारतको सेमिफाइनल यात्रा कठिन


२८ आश्विन २०८१, सोमबार  

2.9k
Shares

एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकपको महत्वपूर्ण खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको छ ।

भारतलाई पराजित गरेसँगै अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाले लगातार नवौं पटक सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा १ सय ५१ रन बनाएको थियो । जवाफमा भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो ।

रोमाञ्चक खेलमा भारतीय कप्तान हरमनप्रीत कौरले ५४ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकिनन् । शफाली वर्माले २० र दीप्ती शर्माले २९ रनको योगदान दिइन् ।यसअघि अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाका लागि ग्रेस ह्यारिसले सर्वाधिक ४० रन बनाइन् ।

तालिया म्याकग्रा र एलिस पेरीले ३२–३२ रनको योगदान दिइन् । भारतका लागि रेणुका सिंह र दीप्ती शर्माले २–२ विकेट लिइन् । हारसँगै भारतको सेमिफाइनल यात्र कठिन बनेको छ । आज न्युजिल्यान्ड र पाकिस्तानबीच खेल हुँदैछ ।

न्युजिल्याण्डले जिते सेमिफाइनल पुग्ने छ । अर्थात् सेमिफाइनल पुग्न भारतले न्युजिल्यान्डको हार पर्खनु पर्ने छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि