३ आश्विन २०८३, शनिबार । September 20, 2026

काभा यु–२० च्याम्पियनसिपः नेपाल कीर्गिस्तानसँग पराजित


२५ आश्विन २०८१, शुक्रबार  

1.3k
Shares

काठमाडौं । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।

श्रीलङ्काको कोलम्बोमा बिहीबार राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । सुरुआती दुई सेट २३–२५, २१–२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट नेपालले आफनो पक्षमा पार्यो । नेपालले २५–२१, २५–२२ ले जित्यो । तर खेलको अन्तिम तथा निर्णायक सेटमा भने नेपाल कीर्गिस्तानसँग १७–१९ ले हार व्यहोर्दा खेल नै गुमाउनु पर्यो ।

नेपालले चार खेलमा सात अङ्क जोडेको छ । यसअघि श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार ब्यहोरेको थियो । यता कीर्गिस्तानको चार खेलबाट चार अङ्क छ । यसअघि उज्वेकिस्तान र तुर्केमेनिस्तासँग समान ३–० को पराजय ब्यहोरेको कीर्गिस्तानले श्रीलङ्काविरुद्ध ३–२ सेटको जित निकालेको थियो ।

अब नेपालले लिग चरणको आफनो अन्तिम खेलमा शुक्रबार तुर्केमेनिस्तासँग खेल्नेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ७ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली