१ श्रावण २०८२, बुधबार । July 16, 2025

काभा यु–२० च्याम्पियनसिपः नेपाल कीर्गिस्तानसँग पराजित



काठमाडौं । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।

श्रीलङ्काको कोलम्बोमा बिहीबार राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । सुरुआती दुई सेट २३–२५, २१–२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट नेपालले आफनो पक्षमा पार्यो । नेपालले २५–२१, २५–२२ ले जित्यो । तर खेलको अन्तिम तथा निर्णायक सेटमा भने नेपाल कीर्गिस्तानसँग १७–१९ ले हार व्यहोर्दा खेल नै गुमाउनु पर्यो ।

नेपालले चार खेलमा सात अङ्क जोडेको छ । यसअघि श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार ब्यहोरेको थियो । यता कीर्गिस्तानको चार खेलबाट चार अङ्क छ । यसअघि उज्वेकिस्तान र तुर्केमेनिस्तासँग समान ३–० को पराजय ब्यहोरेको कीर्गिस्तानले श्रीलङ्काविरुद्ध ३–२ सेटको जित निकालेको थियो ।

अब नेपालले लिग चरणको आफनो अन्तिम खेलमा शुक्रबार तुर्केमेनिस्तासँग खेल्नेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ७ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश