९ कार्तिक २०८३, सोमबार । October 26, 2026

४ दशमलव ८५ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमा सीमित


२३ आश्विन २०८१, बुधबार  

132
Shares

काठमाडौं । दशैं अघिको अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

दिनभर निकै उतारचढावका बीच ४ दशमलव ८५ अंकले बढेर नेप्से परिसूचक २६६८ दशमलव १७ विन्दुमा अडिएको छ। सेयर बजार सामान्य अंकले बढेपनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

अपर स्यांगी हाइड्रोपावरको सेयर ९ दशमलव ९३ प्रतिशतले बढ्दा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ९ दशमलव ६५ र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ६ दशमलव ५५ अंकले बढ्यो। यसदिन २९४ स्क्रिप्सको ८ करोड ३१ लाख २ हजार ६८५ कित्ता सेयर ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड १ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सानिमा बैंकले १८ करोडको कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्स र साहस उर्जाले १५–१५ करोडको कारोबार गरे। यसैगरी एनएलजी इन्स्योरेन्सको ९ करोड ९१ लाख मूल्य बराबरको कारोबार भयो।

कारोबारमा आएका १३० स्टक्सको मूल्य बढ्दा १०२ वटाको घट्यो। ११ स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ४ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा