११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

४ दशमलव ८५ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमा सीमित


२३ आश्विन २०८१, बुधबार  

132
Shares

काठमाडौं । दशैं अघिको अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

दिनभर निकै उतारचढावका बीच ४ दशमलव ८५ अंकले बढेर नेप्से परिसूचक २६६८ दशमलव १७ विन्दुमा अडिएको छ। सेयर बजार सामान्य अंकले बढेपनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

अपर स्यांगी हाइड्रोपावरको सेयर ९ दशमलव ९३ प्रतिशतले बढ्दा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ९ दशमलव ६५ र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ६ दशमलव ५५ अंकले बढ्यो। यसदिन २९४ स्क्रिप्सको ८ करोड ३१ लाख २ हजार ६८५ कित्ता सेयर ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड १ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सानिमा बैंकले १८ करोडको कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्स र साहस उर्जाले १५–१५ करोडको कारोबार गरे। यसैगरी एनएलजी इन्स्योरेन्सको ९ करोड ९१ लाख मूल्य बराबरको कारोबार भयो।

कारोबारमा आएका १३० स्टक्सको मूल्य बढ्दा १०२ वटाको घट्यो। ११ स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ४ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्