५ चैत्र २०८१, बुधबार । March 19, 2025

बडादशैंः हालसम्म ५ लाखले छाडे काठमाडौं



काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन काठमाडौं उपत्यका छाडेर हालसम्म ५ लाख भन्दा धेरै मानिस गाउँ फर्किएका छन् ।

गएको असोज १७ गतेदेखि असोज २३ अर्थात आज बिहानसम्म पाँच लाख ६ हजार पाँच सय २५ जना बाहिरिएको प्रहरीले जनाएको छ । त्यही अवधिमा दुई लाख ९० हजार चार सय ३८ जना उपत्यका भित्रिएका छन् । यस्तै सात दिनमा ७६ हजार चार सय ३९ वटा गाडी बाहिरिएका र ५८ हजार ११ वटा गाडी भित्रिएका प्रहरीको तथ्याङ्क छ ।

अघिल्ला वर्षहरूको दशैंमा १५ देखि १८ लाख जना मानिसले उपत्यका छाड्ने गरेकोमा यस वर्ष बढीमा आठदेखि नौ लाख जना बाहिरिने अनुमान प्रहरीले गरेको छ ।

यस वर्ष घटनास्थापना शुरू हुनुभन्दा केही दिनअघि मात्रै मुसलधारे वर्षा भएर धेरैजसो सडक अवरुद्ध हुँदा यात्रा गर्नेहरूको सङ्ख्या घटेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ३ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर