३ चैत्र २०८१, सोमबार । March 18, 2025

२७ दशमलव ३९ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्से २७ दशमलव ३९ अंकले घटेको छ ।

आज नेप्से परिसुचक घटेर २६६३ दशमलव ३२ अंकमा आइपुगेको छ । यस्तै आज ४ अर्ब ५९ करोड रुपैयाँको मात्रै कारोबार भयो । आज २०७ कम्पनीको सेयर मूल्य घट्दा ३५ कम्पनीको सेयरमूल्य बढेको छ। घट्नेमा इष्ट्रन हाइड्रो, बुद्दभूमी हाइड्रो अगाडि छ।

यो दुवै कम्पनीको सेयरमूल्य क्रमश ८ दशमलव ५० र ७ दशमलव २४ प्रतिशतले घटेको हो । यस्तै बढ्नेमा भने आज मिड सोलु हाइड्रो अगाडि देखिएको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बृद्धि सहित सकारात्मक सर्किट लागेको छ भने बुटवल पावर कम्पनी पनि ६ दशमलव ८३ प्रतिशतको वृद्धिसहित धेरै कमाउनेमा दोस्रो नम्बरमा आएको छ।

कारोबारको आधारमा भने आज एनलजी इन्स्योरेन्स अगाडि छ। यो कम्पनीको २७ करोड रुपैयाँको सेयर कारोबार हुँदा नेपाल फाइनान्सको २३ करोडको कारोबार भएको हो।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स