६ माघ २०८२, सोमबार । January 20, 2026

फ्लाई दुबईले २४ कात्तिकदेखि हप्ताको सातै दिन भैरहवा उडान गर्ने



भैरहवा । आगामी कार्तिक २४ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फलाई दुबईले हप्ताको सातै दिन उडान गर्ने भएको छ ।​

फलाई दुबईले दुबई–भैरहवा र भैरहवा, काठमाडौं हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । फलाई दुबईको जहाज दिउँसो एक बजेर ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ । भैरहवाबाट पौने ३ बजे काठमाडौं प्रस्थान गरेर साढे ३ बजे काठमाडौंमा पुग्नेछ । काठमाडौंबाट साढे ४ बजे दुबई उड्ने तालिका सार्वजनिक भएको छ । ​

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकतर्फी उडान भए पनि भैरहवाबाट दुबई जानेलाई सहज हुने छ । भैरहवाबाट दुबई जान चाहनेले काठमाडौंमा एक घण्टा ‘ट्रान्जिट’मा बस्नु पर्नेछ ।

विमानस्थल उद्घाटन भएको लामो समय पछि यसरी नियमित अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक भएपछि त्यस क्षेका वासिन्दा र व्यवसायी उत्साहित भएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते