७ चैत्र २०८१, शुक्रबार । March 22, 2025

फ्लाई दुबईले २४ कात्तिकदेखि हप्ताको सातै दिन भैरहवा उडान गर्ने



भैरहवा । आगामी कार्तिक २४ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फलाई दुबईले हप्ताको सातै दिन उडान गर्ने भएको छ ।​

फलाई दुबईले दुबई–भैरहवा र भैरहवा, काठमाडौं हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । फलाई दुबईको जहाज दिउँसो एक बजेर ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ । भैरहवाबाट पौने ३ बजे काठमाडौं प्रस्थान गरेर साढे ३ बजे काठमाडौंमा पुग्नेछ । काठमाडौंबाट साढे ४ बजे दुबई उड्ने तालिका सार्वजनिक भएको छ । ​

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकतर्फी उडान भए पनि भैरहवाबाट दुबई जानेलाई सहज हुने छ । भैरहवाबाट दुबई जान चाहनेले काठमाडौंमा एक घण्टा ‘ट्रान्जिट’मा बस्नु पर्नेछ ।

विमानस्थल उद्घाटन भएको लामो समय पछि यसरी नियमित अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक भएपछि त्यस क्षेका वासिन्दा र व्यवसायी उत्साहित भएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न

सिंगापुरलाई १-० हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत हासिल

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४