१ कार्तिक २०८३, आइतबार । October 18, 2026

एचपीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी


२० आश्विन २०८१, आइतबार  

2.1k
Shares

काठमाडौं । क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स लाई दोस्रो अभ्यास खेलमा नेपालले पराजित गरेको छ ।

यो जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा नेपाल र एचपी १–१ को बराबरीमा पुगेका छन् । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको एचपी ४५ दशमलव ३ ओभरमा १ सय ५६ रनमा अल आउट भयो ।

ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९, मुनिर अहमद काका ३६, अली नदिम २०, युवराज शर्मा २३ र विकेटकिपर निकोलस मनोहरले १९ रन बनाए । नेपालका गुल्सन झा र ललित राजवंशीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६ दशमलव १ ओभरमा १ सय ७६ रन बनाएर अल आउट भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि