४ चैत्र २०८१, मंगलबार । March 18, 2025

टी–२० महिला विश्वकपः इङ्गल्याण्डसँग बङ्गलादेश २१ रनले पराजित



एजेन्सी । यूएईमा जारी आईसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्गल्याण्डले बङ्गलादेशलाई २१ रनले पराजित गरेको छ ।

इङ्गल्याण्डले आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको हो । एक सय १९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनायो । बङ्गलादेशकी सोभाना मस्टोरीले ४४ रन बनाइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।

इङ्ग्ल्यान्डकी डन्नी व्याटहोजले सर्वाधिक ४० रन बनाइन् । जीतबाट सुरुवात गरेको इङ्ग्ल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा छ । समूह ‘ए’मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् ।

समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु