१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

टी–२० महिला विश्वकपः अस्ट्रेलियाले विजयी सुरुवात


२० आश्विन २०८१, आइतबार  

48
Shares

एजेन्सी । यूएईमा जारी आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

गएराति भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको हो । ९४ रनको लक्ष्य अस्ट्रेलियाले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाकी ओपनर बेथ मुन्नीले सर्वाधिक ४३ रन बनाइन् । त्यस अघि शारजहामा टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनायो ।

श्रीलङ्काकी निलशिखा शर्माले सर्वाधिक २९ रन बनाइन् । अस्ट्रेलियाकी मेगना स्कुटले ३ विकेट लिइन् । जीतसँगै अस्ट्रेलिया समूह ‘ए’को दोस्रो स्थानमा छ । लगातार दुई हारसहित श्रीलङ्का अङ्क विहीन रहेको छ ।

श्रीलङ्का पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली