१ मंसिर २०८२, आइतबार । November 17, 2025

टी–२० महिला विश्वकपः अस्ट्रेलियाले विजयी सुरुवात



एजेन्सी । यूएईमा जारी आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

गएराति भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको हो । ९४ रनको लक्ष्य अस्ट्रेलियाले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाकी ओपनर बेथ मुन्नीले सर्वाधिक ४३ रन बनाइन् । त्यस अघि शारजहामा टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनायो ।

श्रीलङ्काकी निलशिखा शर्माले सर्वाधिक २९ रन बनाइन् । अस्ट्रेलियाकी मेगना स्कुटले ३ विकेट लिइन् । जीतसँगै अस्ट्रेलिया समूह ‘ए’को दोस्रो स्थानमा छ । लगातार दुई हारसहित श्रीलङ्का अङ्क विहीन रहेको छ ।

श्रीलङ्का पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई